kumari
stcnepal

काठमाडौं उपत्यका बिभिन्न ठाउँमा शंकास्पद बस्तु भेटीयो, सेनाद्धारा डिस्पोज

काठमाडौं ।निर्वाचन नजिँकिदै गर्दा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ । आज शुक्रबार बिहान काठमाडौं र ललितपुरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

आज बिहान काठमाडौंको बूढानीलकण्ठ स्थित स्पेशल चोक र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको हो । प्रेसर कुकरसहित शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको हो ।यसैगरी, शुक्रबार बिहानै ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

निर्वाचन बिथोल्ने समूहले शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने सुरक्षा व्यवस्थालाई कडाइ गरिएको प्रहरीले जनाएको छ । ४ मंसिर आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

footer