kumari
stcnepal

९ केजी सुनसहित विमानस्थल बाटै क्यानेडियन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट ९ किलो १३५ ग्राम काँचो सुन सहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ। दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्। महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।

footer