kumari
stcnepal

यस कारण भएकोले थियो यति एयर लाइन्सको जहाज दुर्घटना

काठमाडौं । माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको जहान दुर्घटनाको कारण बाहिरिएको छ । फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको अनुसन्धानबाट जहाज दुर्घटनाको कारण खुलेको हो । जहाजको दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना भएको खुलेको हो ।

प्रोपेलरहरु फेदरमा जाँदा अत्यधिक घर्षण उत्पन्न हुने र जहाज तीव्र गतिमा तल झर्ने गर्दछ । फेदरमा गएपछि जहाज अवतरण हुने प्रक्रिया सुरु हुन्छ । फेदरमा जाँदा इन्जिनको पावर धेरै कम भइसकेको हुन्छ । जसले गर्दा जहाज साविकको गतिमा उड्न सक्दैन ।जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा जानुको कारण भने अनुसन्धान भइरहेको छ ।

गत माघ १ गते काठमाडौंबाट ४ जना चालक दल सहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको एन–एनएसी एटीआर जहाँज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोँचमा दुर्घटना हुँदा चालक दलका ४ जना सदस्य सहित ७२ जनाको मृत्यु भएको थियो ।

footer