kumari
stcnepal

आज भारत सँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै नेपाली महिला फुटवल टोली

काठमाडाैँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा बुधवार भारतसँग प्रतिष्पर्धा गर्दैछ। चेन्नई स्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

भारत सँग हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम साेमबार भारत प्रस्थान गरेकाे थियाे। मैत्रीपूर्ण खेलमा यो पटक अनन्तराज थापाले नेपाली महिला टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्। नेपाली टोलीले भारत सँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

नेपाली टिम:

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक

footer