kumari
stcnepal

दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल – भारत महिला फुटवल बराबरी

काठमाडौं ।दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला फुटबल टिमले भारत सँग गोल रहित बराबरी खेलेको छ ।
जवाहरलाल नेहरु स्टेडियम चेन्नाईमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर सृजना गरे पनि त्यसलाई स्कोरमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा रहेको नेपालले पहिलो खेलमा र २–२ गोलको बराबरी खेलेको थियो ।
यो मैत्रीपूर्ण खेल दुवै टिमले ओलम्पिक छनाेटको तयारीका रुपमा खेलेका थिए । अन्तिम पटक काठमाडौंमा आयोजित महिला साफ च्याम्पियनसीपमा आमनेसामने भएपछि पहिलोपटक नेपाल र भारत बीच प्रतिस्पर्धा भएको हो । घरेलु मैदानमा आयोजित साफमा नेपालले सेमिफाइनलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

footer