kumari
stcnepal

२४ बर्षपछि एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुने, ३ करोड भन्दा बढी खर्च हुने

काठमाडौँ – नेपाल एथ्लेटिक्स संघको आयोजना तथा एसियन एथ्लेटिक्स एसोसिएसनको तत्वावधानमा आगामी २३ फागुनमा १६ औँ एसियन क्रस कन्ट्री च्याम्पियनसिप आयोजना हुने भएको छ। २४ वर्षपछि नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा नेपाल सहित एसियाका ४० देखि ४५ राष्ट्रका ४५० बढी खेलाडीको सहभागिता रहने जनाइएको छ।

गोकर्ण स्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि.मि. २० वर्षमुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्षमुनिका जुनियर महिलातर्फ ६ कि.मि. गरी कूल ४ विधामा व्यक्तिगत र टिम इभेन्टसहरुमा प्रतिष्पर्धा हुनेछ। यसअघि नेपालले सन् १९९९ मा प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगितामा नेपाल बाट सहभागिता जनाउने खेलाडीलाई ९ फागुनमा छनोट गरेर बन्द प्रशिक्षणमा राखिने एथ्लेटिक्स संघले जनाएको छ।

प्रतियोगिताका लागि कुल तीन करोड ६५ लाख बढी खर्च हुने अनुमान आयोजक एथ्लेटिक्स संघले गरेको छ। प्रतियोगिताका लागि आवश्यक रकम नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद्लगायत निकायहरु बाट प्राप्त हुने संघले जनाएको छ।

footer