kumari
stcnepal

खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ : अध्यक्ष ओली

मोरङ ।नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताएका छन् । नेपाल खेलकुद महासंघको तीन दिने दोस्रो राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिमका साथ राष्ट्रको नाम विश्वमा राख्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री ओलीले एमाले सधैँ खेलाडीका साथमा रहेको छ भन्दै यसको विकास, प्रशिक्षणका लागि आवश्यकपर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले स्वस्थ्य समाज निर्माणमा खेलाडीहरूले आफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गर्दै खेललाई जीवनका अभिन्न अङ्ग बनाउनाले स्वास्थ्यमा ठूलो योगदान पुग्ने धारणा राखे ।

अध्यक्ष ओलीले महासंघले पदका लागि होइन खेलाडीलाई उत्कृष्ट प्रदान गर्न विशेष योगदान पुर्‍याउनुपर्नेमा जोड दिए । महासंघका संयोजक पर्शुराम बस्नेत र प्रभातविक्रम कटवालले खेलाडीलाई खेलबाट बाँच्न सक्ने अवस्थाको सिर्जना गर्न प्रतिबद्धता व्यक्त गरे ।राष्ट्रिय महाधिवेशनमा ७७ जिल्ला, २८ खेल संघ, सात प्रदेश र एक उपत्यका विशेष प्रदेशका गरी पाँच सय ३० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सोही अवसरमा अध्यक्ष ओलीले ‘प्रथम केपी ओली सडक दौड’ प्रतियोगिता महिला तथा पुरुषतर्फ प्रथम देखि पाँचौँ स्थान सम्म ल्याउने खेलाडीहरू नगद सहित पुरस्कृत गरे । सो अवसरमा विभिन्न खेल तथा जातजातिका वेशभूषासहित झाँकी प्रदर्शनी गरिएको थियो ।

footer