kumari
stcnepal

नेपाल – पाकिस्तान मैत्रीपूर्ण टी २० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

पाकिस्तानी दुतावसको आयोजनामा हुने आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमवार सार्वजनिक गरिएको छ । पाकिस्तानी दुतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा नेपाली टोली पूर्वकप्तान पारस खड्काले प्रतियोगिता बाट नेपाली युवा खेलाडीले मौका पाउने गरेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसावमा युवा खेलाडीले खेल्ने गरे पनि दुतावासले आयोजना गर्दैआएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिनेगरेको उनको भनाइ थियो ।

खड्काले पाकिस्तानी दुतावासमा रहेको मैदान नेपालमा भएको मैदान मध्येको सेवा सुविधा सम्पन्न मैदान भएको र दुवै देशका सरकार बाट दुतावसमा अवस्थित मैदानलाई पूर्णरुपको मैदानको रुपमा प्रयोग गर्ने मिल्नेगरी उपलब्ध गराउन आग्रह गरे । प्रतियोगितामा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा रहेका उदीयमान खेलाडीको हौसला प्रदान गर्नका लागि आयोजना गर्दैआएको छ । प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का र द्ुतावासका उपराजदुत उमर अलिले संयुक्त रुपमा सार्वजनिक गरे । प्रतियोगिता १० मार्च देखि १८ मार्च सम्म आयोजना हुँदैछ ।

दुतावसले सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोली बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

footer