kumari
stcnepal

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले स्कटल्यान्डलाई २१३ रनको स्कोरमा समेटेको छ । स्कटल्यान्डको बलियो ब्याटिङलाई निस्तेज बनाउँदै सन्दीपले चार विकेट लिए । विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदानमा भइहरेको खेलमा नेपाल लगातार चौंथो जितको खोजिमा छ । लगातार चौथोपटक नेपालले टस जितेर पहिले बलिङ रोज्यो । स्कटल्यान्डले उत्कृष्ट सुरुवात गरे पनि सन्दीपको इन्ट्रीसँगै नेपाल खेलमा फर्किएको थियो ।

स्कटल्यान्डका ओपनर कायल कोट्जर २३ बलमा ४ चौकासहित २२ रनमा आउट भएका थिए । अर्का ओपनर जर्ज मुन्से ५० बलमा ९ चौका र दुई छक्का सहित ६० रन बनाएको अवस्थामा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भएका थिए । क्रिस्टोफर म्याकब्रिज ३० बलमा १ चौकासहित २२ रनमा कुशल मल्लको बलमा एलबी डब्लू आउट भए । कप्तान रिची बेरिङटनलाई पहिलो बलमै सन्दीप लामिछानेले एलबी डब्लू आउट गरेर पभेलियन फर्काएका थिए ।

लगातार विकेट गुमाइरहेको स्कटल्यान्डका लागि ६३ बलमा ४ चौका र एक छक्काको मद्दतमा ४२ रन बनाएका म्याथ्यू क्रसलाई दिपेन्द्रसिंह ऐरीले रनआट गरे । ब्रान्डन माकिन्टोस ३१ रनमा आउट भएपछि स्कटल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खचिदै सर्वाधिक ४ विवकेट लिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चिएर तीन विकेट लिँदा ललित नारायण राजवंशी र कुशल मल्ले समान १ विकेट लिए ।

 

 

footer