kumari
stcnepal

गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले जिम्मा लिने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको क्रिकेट रंगशाला आर्थिक अभावले लामो समय देखि अलपत्र थियो ।

आज बसेको मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व लिने विषयमा आवश्यक प्रक्रियामा जाने निर्णय गरेको एक मन्त्रीले बताए । यससँगै रंगशाला निर्माणले निरन्तरता पाउने भएको छ ।

footer