kumari
stcnepal

आज थपिए कोरोनाका ९९ जना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३५ नमूनामध्‍ये १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ४५८ जनाको एन्टीजेन परीक्षण गर्दा ५८ जना गरी ९९ जनामा कोरोना सक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७३ जना पुगेको छ । काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १७ जना छन्। यस्तै ४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने १ जनालाई भेन्टीलेटरमा राखिएको मन्त्रालयले जनाएको छ।

footer