kumari
stcnepal

कोरोना बाट थप एक जनाको निधन, १०६ जना संक्रमित थपिए

काठमाडौँ – कोरोना भाइरसको संक्रमण बाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार ४८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४६९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ४७६ पीसीआर तथा १ हजार ९६० एन्टिजेन परीक्षण भएको छ।

footer