kumari
stcnepal

चेन्नई सुपर किंग्सलाई हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई हराउँदै राजस्थान रोयल्सले जितेको छ । जीत/हारको फैसला गर्न खेल अन्तिम बलसम्म पुगेको थियो । अन्तिम २ ओभरमा जीतका लागि चेन्नईले ४० रन बनाउनुपर्ने थियो । यसै बेला जडेजा र महेन्द्रसिंह धोनीले ४ छक्का हो ।

अन्तिम ओभरमा १९ रन बनाउनुपर्ने थियो । राजस्थानका लागि २०औं ओभरमा सन्दीप शर्माले बलिङ गरिरहेका थिए । अन्तिम ओभरमा धोनीले २ छक्का हाने । अन्तिम बलमा चेन्नईलाई जीतका लागि ५ रन चाहिएको थियो तर चेन्नई ३ रनले हार्‍यो ।शुरूमा ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

पछिल्लो जीत सँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ भने चेन्नई पाँचौं नम्बरमा छ ।

footer