kumari
stcnepal

आज थपिए ६४ जना कोरोनाका संक्रमित

काठमाडौँ । देशभर थप ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टीजेन विधि बाट ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यही अवधिमा ४५ जना सङ्क्रमणमुक्त पनि भएका छन् । यो सँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३७७ पुगेको छ । हाल ३२ जना संस्थागत आइसोलेसनमा ११ आईसीयू तथा ३ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १५ हजार ८७ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

footer