kumari
stcnepal

पञ्जावको लखनउ माथि रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ ।

सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो । म्यान अफ दि म्याच राजाले ५७ रन बनाएपछि पञ्जावले १६० रनको लक्ष्य १९.३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । राजाले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे ।

लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

footer