kumari
stcnepal

झण्डै २ किलोग्राम लागूऔषध कोकिन सहित २ जना विदेशी नागरिक पक्राउ

काठमाडौं । झण्डै २ किलोग्राम लागूऔषध कोकिन सहित प्रहरीले २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले वैशाख ५ गते भारतीय नागरिक रवीन्द्रकुमार परासर र केन्याली नागरिक पिलिसिला वाङ्गा दिरितुलाई पक्राउ गरेको हो ।

व्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार केन्याली नागरिक पिलिसिलाले भारतीय नागरिकलाई रवीन्द्रकुमारलाई १ किलो ८० ग्राम कोकिन दिएकी हुन् । उनीहरु ठमेलको अलग अलग होटलबाट पक्राउ परेका हुन् ।

उनीहरुबाट बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको एसपी जोशीले बताए । उनीहरुलाई लागूऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

footer