kumari
stcnepal

सन्दीप लामिछानेले बनाए विश्व किर्तिमान

सन्दीप लामिछानेले विश्व कीर्तिमान सहित ३ विकेट हात पारेपछि नेपालले चौथो सफलता हात पारेको छ । कीर्तिपुरमा जारी खेलमा तेह्रौं ओभरमा आफ्नो पहिलो स्पेल शुरू गरेका सन्दीपले दुई ब्याट्सम्यानलाई आउट गरेका थियो ।पहिलो विकेटले नै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने खेलाडी बनेका थिए ।

सन्दीपले ४० खेलमा सय विकेट पूरा गरेका हुन् । दोस्रो ओभरको पहिलो बलमै उनले अर्को विकेट हात पारे । यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । खानले ४४ खेलमा सय विकेट लिएका थिए । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ओमानले ब्याटिङ गरिरहेको हो ।

 

footer