kumari
stcnepal

लप्सीफेदीको जंगलमा आज एकै साथ चार वटा टिपर दुर्घटनामा परे

साखु- लप्सीफेदीको जंगलमा चार वटा टिपर एकसाथ दुर्घटनामा परेका छन्।

शनिबार बिहान इन्द्रावतीबाट निर्माण सामग्री बोकेर आएका टिपर तीव्र गतिका कारण दुर्घटनामा परेका हुन्। तीव्र गतिमा आएका टिपर एक अर्कामा ठोक्किएको स्थानीय रमेश मल्लले जानकारी दिए।

एक टिपरका चालक घाइते भएका छन्। उनलाई उपचारका लागि लगिएको साखु प्रहरी प्रभागकी प्रमुख फुलमाया घिसिङले जानकारी दिइन्।

footer