kumari
stcnepal

एसीसी प्रिमियर कप सेमिफाइनल : नेपाल कुवेत बीच खेल हुँदै

काठमाडौँ । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेत सँग प्रतिस्पर्धा गर्दैछ । समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो ।

नेपाल र कुवेत बीचको खेल बिहान ९ बजे कीर्तिपुर स्थित मैदानमा हुनेछ । नेपाल प्रतियोगितामा एक मात्र अपराजित टोली रहेको छ ।त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ । ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानी स्थित क्रिकेट मैदानमा खेलिनेछ ।

 

footer