kumari
stcnepal

आज एसीसी प्रिमियर कपको फाइनल, खेल नेपाल र युएई बीच खेल हुँदै

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपालले यूएईको सामना गर्दैछ । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ । सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएई विरुद्ध नेपाल अपराजित रहेको छ ।
footer