kumari
stcnepal

लगातार विकेट गुमाउँदै संकटमा यूएई

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाल विरुद्ध खेलिरहेको यूएई लगातार विकेट गुमाएसँगै संकटमा परेको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ९.१ ओभरमा ४ विकेट गुमाईसकेको छ ।

नेपाललाई चौथो सफलता दिलाउने क्रममा ललित रावजंशीले रमिज शेहजादलाई गुलशन झा बाट क्याच आउट गरे । रमिज ५ बल खेल्दा १ रन बनाएर आउट भए । यसअघि, करण केसीले आठौं ओभरको पहिलो बलमै आर्यन लाक्रालाई आसिफ शेखबात क्याच आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिए । लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका करणले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिएका थिए । उनले भृत्यलाई आसिफ शेखबाटै क्याच आउट गरेका हुन् । जारि प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत रहेका भृत्य ९ बलमा ८ रन बनाएर आउट भए ।

यसअघि, पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए । ८ बल खेलेर ११ रन बनाएका वासिमलाई सोमपालले ललित राजवंशीबाट क्याच आउट गरे ।

footer