kumari
stcnepal

एसीसी प्रिमियर कप : आज खेल हुन नसकेमा भोली आजकै अबस्थाबाट खेल हुने

एसिसी प्रिमियर कपको उपाधिका लागि घरेलु टिम नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकिएको छ। कीर्तिपुर स्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको हो।

अब आज खेल हुने सम्भावना भएमा ओभर घटाइनेछ। दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभर सम्मको खेल हुन सक्ने स्थितिमा आजै खेल हुनेछ। यद्यपि त्रिवि मैदानको आउट फिल्डमा पानी जम्दा मैदान हिलो भएको छ। त्यसैले आज खेल हुने सम्भावना न्यून छ। आज खेल हुन नसकेको अवस्थामा खेल भोलि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ। भोलिका लागि खेल स्थगित भए आजकै स्थिति बाट खेल सुरू हुनेछ।

footer