kumari
stcnepal

एसीसी प्रिमियर कप फाइनल : नेपालले पायो १ सय १८ रनको लक्ष्य

काठमाडौं। एसिसी प्रिमियर कप अन्तर्गतको फाइनल खेलमा यूएईले नेपाललाई ११८ रनको  लक्ष्य दिएको छ ।कीर्तिपुर स्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३३ ओभरमा अल आउट हुँदै ११७ रन बनाएको हो ।

नेपालका लागि ललित राजबंशीले चार विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक/एक विकेट लिएका थिए । सोमबार वर्षा भएपछि रोकिएको बाँकी फाइनल खेल आज बिहान ९ बजे बाट सुरु भएको हो । अब केहिबेरमा नेपालले ब्याटिङ गर्नेछ ।

footer