kumari
stcnepal

सचिव पाण्डे माथि अनुसन्धान गर्न अदालतले दियो ३ दिनको म्याद

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणको पक्राउ परेका सचिव टेकनारायण पाण्डेमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको थियो । उनमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको हो । तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको संलग्नता खुलेपछि प्रहरीले गृह मन्त्रालकाय तत्कालीन पदाधिकारी माथि अनुसन्धान थालेको हो ।

यसै सिलसिलामा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरिसकेको छ भने बादलका छोरा प्रतीक थापा, एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध वारेन्ट जारी गरेको छ ।

footer