kumari
stcnepal

आइपिएलको खेल वर्षाले प्रभावित, आज खेल हुने

गुजरात र चेन्नई बिच आइतबारका लागि तय भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल वर्षाका कारण प्रभावित भएको छ। १६ औ सिजनको फाइनल भारी वर्षाका कारण टस पनि नभई स्थगित हुन पुगेपछि पुन सोमबार साँझ ७:४५ बजे खेल खेलाउने गरी स्थगित गरिएको हो। आइतबार अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा भारी वर्षा भएपछि सोमबारलाई रिजर्भ डे कार रुपमा राख्दै खेल सारिएको हो। यद्यपि सोमबार पनि वर्षाको सम्भावना रहेको छ।

सोमबार राति ९:५० बजे सम्म खेल सुरु हुन सकेमा पुरै २० ओभरको खेल खेलाइने छ। यदि त्यसपछि खेल सुरु भए ओभर घटाएर खेल सुरु गरिने छ। १० बजे खेल सुरु भए १९ ओभर १०:१५ मा खेल सुरु भए १७ ओभर र १०:४५ मा खेल सुरु भए १५ ओभरको हुने छ। यदि राती १२:६ बजे कटअफ टाइम रहने छ। यदि त्यो बेला सम्मपनि ५-५ ओभरको खेल हुन नसके खेल रद्द गरिने छ।

वर्षाका कारण खेल रद्द भएमा ट्रफि कस्ले लान्छ भनेर केहि खुलाइएको छैन्। आईसिसीको प्रतियोगितामा भने ट्रफि दुबै टिमलाई बाँड्ने गरिन्छ। तर आइपिएलमा भने यो विषयमा कुनै जानकारी सार्वजानिक गरिएको छैन्। यदि प्लेअफमा यस्तो अवस्था आउँदा समूहचरणमा अङ्क तालिकामा माथि हुने टिमले अघिल्लो चरणमा स्थान बनाउँथे तर फाइनलमा के हुन्ने भन्ने तय भएको छैन्। यद्यपि दुई विकल्प बलियो मानिएको छ। पहिलो ट्रफी दुबै टिमालई दिइने सम्भावना रहन्छ भने दोस्रो विकल्प समूह चरणमा शीर्ष स्थानमा रहने टिमलाई च्याम्पियन घोषित गरिन सक्छ। यस्तोमा गुजरात च्याम्पियन बन्ने छ।

footer