kumari
stcnepal

गुजरातलाई पराजित गर्दै चेन्नईले जित्यो आइपिएलको उपाधि

काठमाडौं । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो ।

वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । योसँगै चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

footer