kumari
stcnepal

सन्दीप बिरूद्धको मुद्दामा आज सुनुवाई नभएपछि दक्षिण अफ्रिका जान नपाउने भए सन्दीप

काठमाडौँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा मंगलबार पनि फाइनल चरणको बहस सुरु हुन सकेन। जाहेरी पक्षले अन्तरिम क्षतिपूर्तिको माग नटुंगिएसम्म फाइनल बहस नगर्नका लागि आग्रह गरेपछि आज पनि फाइनल बहस हुन नसकेको हो।

जाहेरी पक्षले अन्तरिम क्षतिपूर्तिलाई प्राथमिकतामा राखेर पहिले निर्णय हुनुपर्ने माग अदालत समक्ष गरेका थिए। न्यायाधीश शंकरबहादुर राईले पनि अन्तरिम क्षतिपूर्तिको विषयलाई टुंग्याएर फाइनल बहस गर्नु उपयुक्त हुने सुझाव दिएपछि आज पनि फाइनल चरणको बहस हुन नसकेको हो। आज पनि मुद्दा लम्बिएसँगै सन्दीप लामिछाने अब टिम सँग दक्षिण अफ्रिका नजाने भएका छन्। नेपाली टिम आजराति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले भने, ‘यो मुद्दालाई लम्ब्याउनका लागि अनेकन प्रयासहरु भइरहेका छन्। आज पनि फाइनल बहस हुन नसकेपछि टिमसँग सन्दीप दक्षिण अफ्रिका जाने कार्य रोकिएको छ।’

footer