kumari
stcnepal

सचिव टेकनारायण पाण्डे सहित ३ जनाको जिल्ला अदालत काठमाडौंमा बयान सुरू

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार थप तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा उनीहरुको बयान सुरु भएको हो ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र गोविन्द चौधरीको बयान लिन थालिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । अहिलेसम्म ८ प्रतिवादीको बयान लिइसकिएको छ । केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंककुमार गुरुङ, सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिने काम सम्पन्न भइसकेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी छन् । तीमध्ये १७ जना पक्राउ परिसकेका छन् भने १३ जना फरार छन् ।

footer