kumari
stcnepal

चुडामणि शर्मा सहित ३ पदाधिकारी भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा तत्कालीन सहसचिव चुडामणि शर्मा सहित ३ पदाधिकारीलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय निर्धारणका लागि भने अर्को पेसी तोक्ने भएको छ । पेसी २५ गतेका लागि ताेकिएकाे विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए ।

कर निर्धारणमा अनियमितता गरेर राज्यलाई क्षति पुर्याएको लगायत कसुरमा गत साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैँया बिगो मागदावी र सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

footer