kumari
stcnepal

शेयर लगानीकर्ता सामु सरकारले टेक्यो घुँडा, २९ नम्बर बुँदा निष्क्रिय पार्न सरकार राजी

काठमाडौ । आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्ता सकिएको छ । लगानीकर्ताले बजेटको २९ नं. बुदा हटाउन माग गरेका थिए । शेयर लगानीकर्ताको तर्फबाट लगानीकर्ता तिलक कोइरालाको संयोजकमा अर्थमन्त्रालयका अधिकारी सँग भएको वार्तामा सहमति भएको हो । लगानीकर्ता तिलक कोइरालाका अनुसार अर्थमन्त्री प्रकाशशरण महतले २९ नम्बरको बुँदा संसदीय समितिमा लगेर संसदीय प्रक्रियाबाट निष्क्रिय पार्ने आश्वासन दिएका छन् ।

अब ५ प्रतिशत र साढे ७ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिनेछ । वातार्मा अर्थमन्त्री सहित राजस्व सचिव, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको सहभागि थिए । लगानीकर्ताले सबै आन्दोलनका कार्यक्रम फिर्ता फिर्ता लिएको बताएका छन् ।

footer