kumari
stcnepal

लर्ड अफ ड्रिंक्सका सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ

काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेल स्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहले जानकारी दिए । यही मुद्दाका अर्का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिए ।

footer