kumari
stcnepal

धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दियो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

footer