kumari
stcnepal

सञ्चारसचिव कृष्णबहादुर राउत, मिनबहादुर गुरुङ सहितलाई सोमबार पुनः अदालतमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहितलाई सोमबार पुनः अदालतमा पेश गर्न सर्वोच्चले आदेश दिएको छ । आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सोमबार पेश गर्न आदेश दिइएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार लगाउमा रहेका ६ वटा मुद्दा भएको र सरकार भ्याकेटमा समेत आएको कारणले आइतबार हेर्न नभ्याइएको हो ।

आइतबार हेर्न नभ्याइएपछि सर्वोच्चले अब सोमबारको पेशी दिएर इजलाशमा पेश गर्ने आदेश भएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको थियो । सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम र टिकाराम घिमिरे लगायतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट दर्ता गराएका थिए ।

यता केन्द्रीय अनुसन्धान ब्युरोले पनि सोही रिटमा भ्याकेट निवेदन दिएर सुनुवाइमा सहभागी भएको थियो । यसअघि थुनामा रहेकाहरुको हकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गर्दै २४ घण्टाभित्र बन्दी सहित इजलाशमा पेश गर्न आदेश दिएको थियो ।

footer