kumari
stcnepal

नक्कली मुद्रा र सुन सहित दुई पक्राउ

काठमाडौ । प्रहरीले नक्कली मुद्रा र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका-१० बस्‍ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी ठोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट ४ किलो २ सय ग्राम नक्कली सुन तथा १६ हजार नक्कली भारतीय रूपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरू माथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिए ।

footer