kumari
stcnepal

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले यूएईलाई तीन विकेटले हरायो

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराएको छ ।

एसीसी इमर्जिङ टिम्स एसिया कपको इतिहासमा नेपालले हासिल गरेको यो केवल तेस्रो जित हो । यसअघि एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले दुई पटक हङ्कङलाई हराएको थियो ।

एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा आयोजना भइरहेको छ । नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेका छन् । समूह ‘बी’ मा नेपाल तेस्रो र यूएई चौथो भए । उक्त समूहबाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् । अहिले समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाउन भारत र पाकिस्तानबीच खेल भइरहेको छ ।

footer