kumari
stcnepal

त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गर्यो

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बिहीबार छानबिन समिति गठन गरेका हुन् ।

समितिको संयोजक अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल तोकिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । उनले भने– ‘भन्सारका कर्मचारीको संलग्नताबारे छानबिन गर्ने कार्यादेश समितिलाई दिइएको छ ।’

footer