kumari
stcnepal

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो ।

उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनीसँगै सुन तस्करी प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहल स्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको थियो । राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

footer