kumari
stcnepal

उच्च अदालत पाटनको सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन म्याद थप राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान सहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँ सहित ६ जना पक्राउ परेका छन् ।

footer