kumari
stcnepal

सुन तस्करी प्रकरण : कोटेश्वरबाट थप एक पक्राउ

काठमाडौँ । हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। राजश्व अनुसन्धान विभाग स्रोतले पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन् । उनी राजधानीको कोटेश्वरबाट पक्राउ परेका हुन् ।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ ।

footer