kumari
stcnepal

दाङमा वृद्धा माथि बस भित्र सामूहिक बलात्कार, दुई जना पक्राउ

दाङ । दाङमा एक वृद्धा माथि बस भित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धा माथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

वृद्धा माथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् । डिएसपी मल्लका अनुसार वृद्धा माथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

footer