kumari
stcnepal

ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुल्यो

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुलेको छ । शुक्रबार सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेश खारेज गरेसँगै उनीहरुलाई पक्राउ गर्ने बाटो खुलेको हो ।

ललिता निवास प्रकरणमा पक्राउ नगर्न भन्दै कलाधर देउजा लगायतका १७ जनाले सर्वोच्च अदालतको एक न्यायाधीशको इजलासबाट अन्तरिम आदेश लिएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट अन्तरिम आदेश लिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिए । सोही आदेश विरुद्ध सिआइबी भ्याकेट निवेदन लिएर सर्वोचच पुगेको थियो । सिआइबीको निवेदनमा सवोच्चले रिट जारी गर्दै पहिलेको अन्तरिम आदेश खारेज गरिदिएको हो ।

बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश खारेजको माग गर्दै दायर भएको सबै रिटलाई लगाउमा राखी सर्वोच्चले सुनुवाइ गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासले लगातार ६ दिनको सुनुवाइपछि सञ्चारसचिव कृष्णबहादुर राउतको हकमा थुना बाहिर गर्न आदेश दिएपनि अन्य आरोपितको हकमा थुनामै राख्न अनुमति दिएको छ । त्यसैगरी इजलासले पहिलेको अन्तरिम आदेश खारेज गर्दै उनीहरुलाई पक्राउ गर्ने बाटो समेत खुलाएको छ ।

footer