kumari
stcnepal

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख भन्दा बढी रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख भन्दा बढी रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । प्रधानमन्त्री सुशासन सल्लाहकार भएको र अन्य नेताहरु सँग पनि राम्रो सम्बन्ध रहेको भन्दै विभिन्न कम्पनी तथा व्यवसायहरुमा सहभागी गराउने आश्वासन दिएर ४५ लाख भन्दा बढी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले काठमाडौँको नागार्जुन नगरपालिका ८ का ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाल रहेका छन् । उनीहरु दुवै जनालाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै उनीहरुले ना४च ८६७० नम्बरको जिप लगेर फरार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

footer