kumari
stcnepal

अधिवक्ता शीतल पाण्डे बिरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अधिवक्ता शीतल पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तामाङ् समुदायको विवाहलाई लिएर उनले दिएको अभिव्यक्तिले उनी विवादित बनेकी थिइन् । उनको अभिव्यक्तिविरूद्व संसदमासमेत आवाज उठेको थियो ।

प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनी बीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् । उनी विरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए। जातिय भेदभाव सहित दुई वटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

footer