kumari
stcnepal

ललिता निवास प्रकरण : थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले  बताए ।

ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाह सहित ४ जनालाई पक्राउ गरेको थियो । सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको संख्या २१ पुगेको छ । उनीहरुलाई प्रहरीले ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।

footer