kumari
stcnepal

अधिवक्ता भगवती पाण्डे थुनामुक्त

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुध ढुंगेलले  बताए ।

उनका अनुसार, प्रमाण नष्ट गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद दिएन । त्यसपछि दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा बुधबार बिहान पक्राउ गरिएकी उनलाई छाडिएको उनले बताए । पाण्डेले एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणी प्रति ती समुदायले आपत्ति जनाएका थिए । उनीहरुले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए ।

footer