kumari
stcnepal

कुन बैंकले कति लाभांस दिन सक्छन ?

काठमाडौं । अधिकांश सूचकमा उछाल आएको एभरेष्ट बैंकले लाभांश क्षमता उच्च देखिएको छ । संचालनमा रहेकामध्ये एभरेष्टको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट साढे ४० प्रतिशत लाभांश बाड्ने क्षमता बनाएको हो । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ छ । यसका आधारमा बैंकको यस वर्ष आफ्ना सेयरधनीहरुलाई ४०.५० प्रतिशत लाभांश दिन सक्नेछ ।

दोस्रो स्थानमा भने एनआईसी एशिया बैंक देखिएको छ । दुई वर्षको सेयरधनीको हात रित्तो बनाएको एनआईसीले यस वर्ष भने ३१.९८ प्रतिशत लाभांश दिने सक्ने क्षमता बनाएको छ । हाल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ र चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले यस वर्ष झण्डै ३२ प्रतिशत लाभांश बाँड्न सक्नेछ । तेस्रो नम्वरमा भने स्टाण्डर्ड चार्टर्ड बैंक रहेको छ । गत आवमा बैंकको वितरयोग्य नाफा २ अर्ब २० करोड ९६ लाख ३६ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको हो ।

यस्तै, चौंथो र पाँचौ नम्बरमा भने सानिमा र माछापुच्छ्रे बैंक देखिएका छन् । यी दुई बैंकले यस वर्ष क्रमश: १७.७३ प्रतिशत र १५.२९ प्रतिशत लाभांश बाँड्न सक्नेछन् । हाल सानिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड ९६ लाख ७४ हजार रुपैयाँ र चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ रहेको छ । वित्तीय रिपोर्ट अनुसार कृषि विकास बैंकको लाभांश १४.९२ प्रतिशत रहेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई सो बराबरको लाभांश बाँड्न सक्नेछन् । हाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ लाख ५६ हजार रुपैयाँ र चुक्ता पुँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

नाफा लगायतको सूचकमा नम्वर वान रहेको नबिल बैंक भने लाभांश वितरण क्षमताको मामलामा सातौँ स्थानमा छ । हाल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको छ । यता, बैंकको चुक्ता पुँजी भने २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । सोही आधारमा बैंकका सेयरधनीहरुले यस वर्ष १४.६३ प्रतिशत लाभांश पाउने सक्ने देखिन्छ । लाभांश क्षमताका आधारमा भने नेपाल एसबिआई बैंक भने आठौँ स्थानमा छ । बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई १३.९३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड १ लाख ५३ हजार रुपैयाँ र चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ ।

यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले भने ११.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने सामाथ्र्य बनाएको छ । हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख ७३ हजार रुपैयाँ र चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

footer