kumari
stcnepal

कांग्रेसका सांसद शर्मा पक्राउ, उनले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्दै आएका थिए

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् ।

प्रहरीले भने केही बताउन चाहेको छैन । केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबी सँग बुझ्दै रहेको प्रतिक्रिया दिका छन् । कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महत माथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका शर्मालाई पक्राउ गरिएकोमा कांग्रेसकै नेताहरुले संशय व्यक्त गरेका छन् ।

शर्मालाई सिआइबीले पक्राउ गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकार माथि प्रश्न उठाएका छन् । शर्मालाई प्रहरीले गल्फुटार स्थित निवास बाटै पक्राउ गरेको हो । यसैबीच गृह मन्त्रालय स्रोतले सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको बताएको छ ।

footer