kumari
stcnepal

सीआईबीका एसपी नवराज अधिकारी सांसद शर्मा पक्राउ सम्बन्धी पत्र बोकेर संसद सचिवालयमा

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संसद सचिवालयलाई सांसद सुनील शर्मा पक्राउ सम्बन्धी जानकारी गराउन लागेको छ । सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर संसद सचिवालय सिंहबार पुगेका हुन् ।

सांसद पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था अनुसार सीआईबीले जानकारी गराउन लागेको हो। प्रमाणपत्र कीर्ते अभियोगमा सीआईबीको टोलीले सांसद शर्मालाई बिहीबार टोखाबाट पक्राउ गरेको हो । कांग्रेस नेता तथा सांसद समेत रहेका उनी सहित सो अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

footer