kumari
stcnepal

रोनाल्डोको दुई गोलले अल–नासरलाई पहिलोपटक अरब क्लब च्याम्पियन्स कपको उपाधि

साउदी अरब । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल–नासरले पहिलोपटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जित्न सफल भएको छ । एक गोलले पछि परेको स्थिति उल्टाएर अर्को साउदी क्लब अल–हिलाललाई २–१ ले हराउँदै अल–नासरले उपाधि हात पारेको हो ।

पहिलो हाफ गोलविहीन बनेपछि दोस्रो हाफको सुरुवातमा नै अल हिलालले ब्राजिलियन खेलाडी माइकलको गोलमा अग्रता बनायो । तर, ७४ औँ मिनेटमा पोर्चुगिज खेलाडीले सुल्तान अल–घानमको पासमा गोल गर्दै खेल बराबरी गरे ।

यसअघि अब्दुलह अल–अमरीले रातो कार्ड पाएपछि अल–नासर १० खेलाडीमा सीमित बनेको थियो । यसका बावजुद अल–नासरले अल–हिलाललाई अतिरिक्त समयसम्म रोकेको थियो । अतिरिक्त समयमा रोनाल्डोले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए । खेलको अन्त्यतिर भने रोनाल्डो घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।

footer