kumari
stcnepal

स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ८१ औं मिनेटसम्म गोल रहित बराबरी भएको खेलमा त्यसपछि ८ मिनेट भित्र ३ गोल भएको थियो ।

स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले ८१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर त्यो अग्रता स्पेनले ७ मिनेटपछि गुमाएको थियो । ८८ औं मिनेटमा लिना हार्टिगको हेडर असिस्टमा रेबिक्का ब्लोम्क्लोभिटले गोल गर्दै खेल बराबरी गरिन् ।

तर स्पेनले त्यसको एक मिनेट पनि नबित्दै फेरि अग्रता बनायो । ८९ औं ओलगा कार्मोनाले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिइन् । उनले हानेको बल पोष्ट बारमा ठोकिँदै गोल भएको हो । त्यसपछि थप गोल हुन नसकेपछि स्पेन पहिलो पटक विश्वकप फाइनल पुगेको हो । स्पेनले अष्ट्रेलिया वा इङ्ल्यान्ड मध्ये एकसँग फाइनल खेल्ने छ ।

footer